गौमुखीमा चट्याङ लागेर एक पुरुषको मृत्यु - Pyuthan Online
असाेज १९ गते २०८२

गौमुखीमा चट्याङ लागेर एक पुरुषको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १५ गते २०८२

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिका २ अर्खामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुखी गाउँपालिका २ अर्खा बङ्गालेका वर्ष ३१ का रतिमान राना बिटालु रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।

मृतक बिटालुको शनिबार राती करिब ९ बजे खाना खाएर ससुरालीमा मोबाईल हेरेर बसेको बेला चट्याङ लागेर मृत्यु भएको हो । उनको साला २२ वर्षीय प्रेम सुनार पनि घाइते भएका छन । रतिमानको गर्भवती श्रीमती र ४ वर्षीया छोरी छन ।

सम्वन्धित समाचारहरु