स्वर्गद्वारीमा अटो दुर्घटना: तिन जना घाईते - Pyuthan Online
वैशाख ४ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

स्वर्गद्वारीमा अटो दुर्घटना: तिन जना घाईते

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ७ गते २०८१

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ कोलबाङमा अटो दुर्घटना हुदा तिन जना घाईते भएका छन । शुक्रबार स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा लु ०२–००१ ह ०६८१ नम्बरको अटो कोलबाङमा अयन्त्रित भई पल्टिदा अटोमा रहेका तिन जनामध्ये एक मध्यम र दुईजना सामान्य घाईते भएको इलका प्रहरी कार्यालय भिगृका प्रहरी साहयक निरिक्षक बलमान राना क्षेत्रीले जानकारी दिए ।

घाईते हुनेमा रोल्पाको सुनिल स्मृति गाउपालिका ४ छिर्नेका अन्दाजी वर्ष २६ कि निशा बुढा मगर , वर्ष १९ कि नम्रता रोकाय र वर्ष २१ कि बसु विष्ट रहेको प्रहरी सहायक निरिक्षक राना क्षेत्रिले बताए । निशा बुढा मगरको टाउकोमा र पेटमा चोट लाग्दा मध्यम अवस्था भएकाले बुटवल रिफर गरिएको छ भने बाकी दुईजना सामान्य रहेको हुदा भिगृ प्रथामिक स्वास्थ्य चौकीबाट उपचार पश्चात डिस्चार्ज भएको ईलका प्रहरी कार्यालय भिगृले जनाएको छ ।

अटो र चालक सुनिल स्मृति गाउपालिका ४ रोल्पाका भक्त बहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटना दिउसोँ ४ः३० बजे घटेको हो ।

सम्वन्धित समाचारहरु