गुल्मिको पृथ्वी मावि पुर्कोटदहका विद्यार्थी बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

गुल्मिको पृथ्वी मावि पुर्कोटदहका विद्यार्थी बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १७ गते २०८२

गुल्मि । गुल्मिको पृथ्वी मावि पुर्कोटदहका एक विद्यार्थी बाटैबाट अपरिचित व्यक्तिद्वारा अपहरण भएका छन । मङ्गलबार गुल्मीको मदाने गाउँपालिका ६, पुर्कोटदह स्थित पृथ्वी माध्यमिक विद्यालयका कक्षा ७ मा पढ्ने भुवन कुँवरलाई वडा न.७, भनभनेको बाँसडाडा स्थित घरबाट विद्या‌लय आउँदै गरेका कन्के देउराली तलको सडकबाट नकावधारी चार जना अपरिचित युवाहरुको समूहले अपहरण गरी घिसार्दै ग्वारीको जङ्गल तर्फ लगेको प्रधानाध्यापक मदन बहादुर कुँवर क्षेत्रीले जानकारी दिनुभयो।

उनीसङ्गै आएका ८ जना मध्ये सुरुमा विद्यार्थीहरुले रुदै फोन मार्फत जानकारी गराए पछि विद्यालयले प्रहरीलाई सुचित गरेको थियो। शुरुमा दुई जना छात्रलाई टाई निकाले बाँधेका थिए ७ की छात्रा आयुष्मा ताम्राकारले भनिन, ‘तिमिहरुलाई मार्छम र किड्नी निकालेर लैजान्छौँ।’ती छात्राहरुका अनुसार ती मानिसहरु कालो अनुहारका रहेको र हिन्दी बोल्छ्न बताएका छन ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी गङ्गा बहादुर सारुका अनुसार ईलाका प्रहरी कार्यालयबाट खोजतलासका लागि प्रहरी र विद्यालयका पुरै शिक्षक विद्यार्थीहरु पनि परिचालित भएको बताईएको छ ।

सम्वन्धित समाचारहरु