संसद विघटनको विषयमा रास्वपाभित्र मतभेद - Pyuthan Online
फागुन २१ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

संसद विघटनको विषयमा रास्वपाभित्र मतभेद

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र २६ गते २०८२

काठमाडौं, २६ भदौ। प्रतिनिधिसभाबाट सामूहिक राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूबीच संसद विघटनको विषयमा मतभेद देखिएको छ। ललितपुर–३ बाट निर्वाचित सांसद डा‍। तोसिमा कार्कीले संसद तत्काल विघटन गर्न माग गरेकी छन् भने काठमाडौं–२ की सांसद सोबिता गौतमले संसद विघटन जनताको सार्वभौम सत्तामाथिको संकट हुने बताएकी छन्।

डा. कार्कीले वर्तमान संविधानले स्थिर सरकार दिन नसकेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र त्यसका लागि संसद विघटन अपरिहार्य भएको तर्क गरेकी छन्। त्यस विपरीत, सांसद गौतमले संसद विघटन जनताको सर्वोच्चतामाथि प्रहार हुने बताउँदै, भ्रष्टाचार विरुद्धको लडाइँ कानुनमार्फतै गर्न सकिने धारणा राखेकी छन्।

रास्वपाका २० सांसदले मंगलबार सामूहिक राजीनामा दिएका थिए भने उपसभामुख इन्दिरा राना मगर मात्र राजीनामा दिन बाँकी छिन्। यसैबीच, काठमाडौं महानगरका मेयर बालेन शाहले पनि संसद विघटन र अन्तरिम सरकार गठनको माग सार्वजनिक रूपमा गरेका छन्। साथै, जेन–जी आन्दोलनका केही समूहले पनि संसद विघटनको पक्ष र विपक्षमा फरक–फरक धारणा व्यक्त गरेका छन्।