पर्सा र बारामा हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु हुँदै - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

पर्सा र बारामा हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु हुँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २६ गते २०८२

काठमाण्डौ – सरकारले पर्सा र बाराको हैजा प्रभावित क्षेत्रमा खोप अभियान शुरु गर्दैछ । हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबैलाई खोप दिन लागिएको हो । पर्सामा आजदेखि र बारामा भोलिदेखि खोप दिन थालिने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोपशाखाले जनाएको छ ।

खोपशाखा प्रमुख डा। अभियान गौतमले हैजाविरुद्धको खोप बजारमा किनेर सहज रूपमा नपाइने र महंगो भएकाले अभियानले समेटेका क्षेत्रका लागि सुनौलो अवसर भएकाले निर्धक्क भएर प्रयोग गर्न आग्रह गर्नुभएको छ । पर्सा र बारामा फैलिएको हैजा महामारी र अहिलेको ठूलो वर्षापछि आएको बाढीले त्यस क्षेत्रमा अझै महामारीको उच्च जोखिम रहेकाले हैजाबिरुद्धको खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेक लालले यो अभियान पर्सामा आजदेखि र बारामा भोलिदेखि शुरु भई तिहारअघि सम्पन्न गर्ने योजना रहेको जानकारी दिनुभयो । ती दुई जिल्लामा हैजाबिरुद्ध हरेक व्यक्तिलाई एक मात्रा खोप दिन लागिएको हो ।

पर्साको १४ र बाराको छ वटा पालिकाका एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप दिन लागिएको हो । गएको असोज ९ र १० गते १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको थियो । गएको भदौमा पर्साको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट शुरु भएको हैजाबाट पर्सा र बारामा एक हजार छ सय ८५ जना बिरामी भएका थिए ।