रेडक्रस प्युठानले मनायो ४९ औं स्थापना दिवस - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रेडक्रस प्युठानले मनायो ४९ औं स्थापना दिवस

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ११ गते २०८२

प्युठान । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानले अन्तरक्रिया कार्यक्रम गरेर ४९ औं स्थापना स्थापना दिवश मनाएको छ । बुधबार बिजुवार जुम्रीमा रहेको होटल आयुष्मामा शाखाले विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीले नेपाल रेडक्रसको ऐतिहासिक पृष्टिभूमि, जिल्लाले गरेका गतिविधि, रेडक्रस अभियान लगायतका बिषयमा अन्तरक्रियामा सहभागीलाई स्पष्ट पारेका थिए । रेडक्रसका सात सिद्धान्तलाई व्यवहारिक रुपमा कार्यान्वयनमा लैजान जुनियर युवा देखि स्वयंसेवक र रेडक्रसकर्मी, कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको उनले बताए । त्यसको लागि सबैले मानवीय सेवाभावले काम गर्नुपर्ने बताउदै समुदायमा विभिन्न खालका चुनौती भएपनि ती चुनौतीको सामाना गर्दै अगाडि बढ्दा सबैको सहयोग आवश्यक रहेको पुलामीले बताए ।

पछिल्लो समय समाजमा मानवताको लागि निष्पक्ष र तटस्थ रुपमा सेवा गर्ने नागरिकको खाँचो बढेर गएको अन्तक्रिर्या कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । हरेक मानवीय सेवा, दैवीप्रकोप, विपदमा अग्रपंक्तिमा रहेर काम गर्ने सामाजिक संस्था नेपाल रेडक्रसले आफ्नो गरिमा मर्यादालाई उँचो राख्ने गरी यसको संस्थागत विकास गर्न र नयाँ पुस्तालाई यो अभियानमा जोड्दै जानुपर्ने आवश्यकता रहेको कार्यक्रममा बोल्ने बक्ताहरुको जोड थियो।

शाखाले स्थापना दिवसका अवसरमा उत्कृष्ट उपशाखालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारी र बाङ्गेशाल उपशाखाका सभापति दोर्ण अधिकारीलाई कदरपत्रले सम्मान गरिएको जिल्ला शाखाका मन्त्री दामोदर शर्माले जानकारी दिए । उहाँहरुले रेडक्रसको मानव सेवा तथा सामाजिक उत्तरदायित्वप्रति पुर्‍याएको योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको मन्त्री शर्माले बताए । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरण मन्त्री दामोदर शर्माले गर्नुभएको थियो भने कार्यक्रममा संघ संस्थाका प्रतिनिधि, समाजसेवी, स्वयंसेवक र स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जिल्लामा वि.स. २०३३ बैशाख १० गते पहिलो सामाजिक संस्थाको रुपमा विधिबत रुपमा स्थापना भएको थियो ।