प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै, यी चार जना मन्त्री बन्दै - Pyuthan Online
फागुन ५ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गर्दै, यी चार जना मन्त्री बन्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ९ गते २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । कार्कीले आज चार मन्त्री थप्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो । प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र सुधा गौतमलाई मन्त्री बनाउने तयारी गरेकी हुन् । चारै जनाको नाम शित्तल निवास पठाइएको र आजै शपथ हुने स्रोतले जानकारी दिएको छ

प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम तथा रोजगार, गुप्तालाई युवा तथा खेलकुद, श्रेष्ठलाई पर्यटन र गौतमलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने भएकी छन् ।
हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिस कानून, न्याय तथा संसदीय मामिलास भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।

सम्वन्धित समाचारहरु