स्वर्गद्वारी नगरपालिकामा प्रथम त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

स्वर्गद्वारी नगरपालिकामा प्रथम त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर २९ गते २०८२

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ को प्रथम त्रैमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार स्वर्गद्वारी नगरपालिकाको प्रथम त्रैमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रम र गतिविधिको बारेमा स्वर्गद्वारी विकास केन्द्य्र नेपालको समन्वयमा सार्वजनिक सुनुवाइ गरिएको हो।

नगरपालिकाले आफ्ना शाखा तथा मातहतका कार्यालयहरूबाट प्रथम चौमासिकसम्म प्रदान गरिएका सेवा, योजना, कार्यक्रम र अन्य गतिविधि एवम कार्यसम्पादन प्रगति प्रतिवेदन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टाईले प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकाले आफ्ना शाखा तथा मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना, कार्यक्रम र अन्य गतिविधि बारे जानकारी गराउन र सेवाग्राहीसँग अन्तरक्रिया गर्न तथा सेवा प्रदायक कार्यालय संस्थालाई थप जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, भवन, सिँचाइ, विद्युत्, विपद् व्यवस्थापन, न्यायिक सेवा, सुशासनलगायतका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए। सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताले उठाइएका प्रश्नहरूको जवाफ नगर प्रमुख टेक प्रसाद भण्डारी , उपप्रमुख मिनराज राना प्रशासकीय अधिकृत केशवराज भट्टराई , वडा अध्यक्षहरू तथा सम्बन्धित शाखा प्रमुखहरूले दिनुभएको थियो।

नगर प्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधि तथा सम्बन्धित शाखा प्रमुख, प्रहरी, वडा सचिब, प्राविधिक राजनीतिक दलका प्रतिनिधि, स्थानीय उपभोक्ता र नागरिकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण पत्रकार सन्तोष सुनार र सिपी पौडेलले गर्नुभएको थियो । गाउँपालिकाले पारदर्शिता र जवाफदेहिताको औजारको रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा सञ्चालन गर्दै आएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख भण्डारीले नागरिकले दिएको सकारात्मक सल्लाह र सुझावलाई अनुसरण गर्दै अगाडि बढ्ने बताउनुभयो । स्थानीय जनताको रचनात्मक सल्लाह र सुझावले नै पालिकालाई समृद्धि दिशातर्फ लैजान सहयोग पुग्ने भएकोले नागरिकको सकारात्मक सल्लाह, सुझाव सँगसँगै खबरदारी पनि निरन्तर हुनुपर्ने बताउनु भएको थियो ।

सम्वन्धित समाचारहरु