माण्डवी ३ मा मदिरा र सुर्तीजन्य पदार्थमा वालबालिकालाई किनबेचमा रोक - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

माण्डवी ३ मा मदिरा र सुर्तीजन्य पदार्थमा वालबालिकालाई किनबेचमा रोक

सन्तोष सुनार
सन्तोष सुनार
जेठ ५ गते २०८२

५ जेठ , प्यूठान । जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ३ मा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पदार्थ किनबेच गर्न रोक लगाईएको छ। सोमबार वडा कार्यालयले प्यूठान उद्योग वाणिज्य संघ माण्डवी बजार क्षेत्र र होटल व्यवसायी संघसँग अन्तरक्रिया गरेर उक्त निर्णय गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिनुभयो ।

चुरोट, सुर्ती, खैनी लगायत मदिराजन्य पदार्थ बिक्री वितरण तथा ओसारपसार गर्न विद्यार्थी तथा बालबालिकाले नपाउने गरी रोक लगाउने निर्णय भएको समेत वडा अध्यक्ष कार्कीले बताउनुभयो । यस्तो कार्यहरु गरेमा जनसमुदायलाई विभिन्न रोगहरुबाट बचाउन सकिने वडा अध्यक्ष कार्कीको भनाई रहेको छ ।

वडा अध्यक्ष कार्कीले वडामा नमुना कार्यहरु गर्न तथा वडाबासीहरुको सेवामा तत्परको साथ लागी रहनु भएको छ ।

सम्वन्धित समाचारहरु