अर्घाखाँचीमा जीप दुर्घटना हुदा दुईको मृत्यु, २४ जना घाइते - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

अर्घाखाँचीमा जीप दुर्घटना हुदा दुईको मृत्यु, २४ जना घाइते

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १३ गते २०८२

अर्घाखाँची । अर्घाखाँचीमा यात्रु बोकेको फोर्स जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा सन्धिखर्क९ढोरपाटन सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिनुभयो। प्रहरीका अनुसार घटनामा अन्य २४ जना यात्रुहरु घाइते भएको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा गुल्मी मदाने गाउँपालिका ६ पुर्कोटघर भएकी १० वर्षीय अरुणा थापा र मदाने गाउँपालिका(७ नेटा खर्क घर भएका १३ वर्षीय नारायण पौडेलको मृत्यु भएको डिएसपी जिसीले जानकारी दिनुभयो ।

दुर्घटना स्थलबाट प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरि अर्घाखाँची जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको छ । घाइतेको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये अवस्था गम्भीर भएका केहीलाई बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त सवारीसाधनमा २६ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । सवारी चालक चेतन कुवर रहेको उक्त लंका यातायात प्रालीको गाडी दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गुल्मी मदाने गाउँपालिका(६ पुर्कोटदह वस्ने ४२ वर्षीय चेतन कुँवरले चलाएको जिपअनियन्त्रित भई सडक देखी अन्दाजी ६०(७० मिटर सडकबाट तल खसेको प्रहरीले जनाएको छ। घाइते सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचारहरु