सारीमा असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुदै - Pyuthan Online
कार्तिक २५ गते २०८२

सारीमा असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुदै

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २१ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ सारीमा भोली असोज २२ देखी २५ सम्म वडा स्तरीय विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता हुन लागेको वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिनुभयो ।
बुधबार राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ वडाको आर्थिक सहयोग र वडा स्तरीय खेलकुद समन्वय समितिको समन्वयमा भलिबल प्रतियोगीता , क्रिकेट प्रतियोगीता , नृत्य प्रतियोगीता लगाएत हुन लागेको वडा अध्यक्ष घर्तिमगरले बताउनुभयो ।

खेलकुद असोज २२ गते देखी २५ गते सम्म सञ्चालन हुने वडा स्तरीय खेलकुद समन्वय समितिले जनाएको छ ।