प्यूठानमा गर्भवती महिलाको ज्यान गयो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

प्यूठानमा गर्भवती महिलाको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष २ गते २०८२

प्यूठान । प्यूठानमा एक गर्भवती महिलाको ज्यान गएको छ । समयमै उपचार नपाउँदा नौबहिनी गाउँपालिका वडा नं। ६ की ३३ वर्षिय आसा विकको ज्यान गएको हो । सामान्य अवस्थामा सुत्केरी हुन नसक्दा उनको ज्यान गयको हो । पारिवारिक श्रोतका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको ज्यान गएको हो। सुरुमा स्वास्थ्य चौकीमा लगेपनि त्यहाँबाट रिफर गरेर प्यूठान अस्पताल ल्याइएको उनका आफन्तको भनाई छ । प्यूठान अस्पतालमा पनि सुत्केरी हुन नसकेपछि उनलाई बुटवल रिफर गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल पुग्दा आमा र बच्चा दुवैको एक घण्टा अघि नै ज्यान गइसकेको अस्पतालले जानकारी दिएको आसाकी देउरानी रेखा बिकले बताउनु भयो । नियमित स्वास्थ्य जाँच र समयमै स्वास्थ्य चौकी पुर्याएपनि ज्यान गएको कारण बारे भने थाहा नभएको परिवारले बताएका छन् । मंसिर १६ गते जिल्ला अस्पताल पुगेर भिडियो एक्सरे गर्दा अवस्था सामान्य नै रहेको स्वास्थ्यकर्मीहरुले बताएका थिए ।
आइतबार विहान ९ बजे आसा स्वास्थ्य चौकी आइपुगेको लुङ स्वास्थ्य चौकीका इन्चार्ज गोविन्द बहादुर केसीले बताउनु भयो । ‘११ बजेदेखि व्यथा लाग्न शुरु भएको थियो, बच्चा र आमा दुवैको अवस्था नर्मल थियो ।’ पाठेघरको मुख खुल्दै गएपनि दुखाई बढि भएको, आमाले बल गर्न नसकेको र प्रेसर पनि बढ्न थालेपछि लुङ स्वास्थ्य चौकीबाट प्यूठान अस्पताल रिफर गरिएको थियो ।

गर्भवतीमा समस्या जटिल देखिएपछि प्यूठान अस्पतालले समेत तत्कालै रिफर गरेको प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर सुवास पौडेलले जानकारी दिनुभयो । ‘जिल्ला अस्पतालमा आईसीयु नभएकाले अप्रेसन गर्ने अवस्था नभएपछि बुटवल रिफर गरिएको उहाको भनाई छ । लुम्बिनी प्रादेशिक अस्पताल पुर्याउदा पुर्याउदै सोमबार बिहान अस्पतालले आमा र बच्चाको दुवैको ज्यान गइसकेको बताएको थियो । आसाका तीन वच्चा छन् ।