टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर १० गते २०८२

काठमाण्डौ – भारतसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले ‘क्लीन स्वीप’ गरेको छ । गुवाहिटीमा भएको टेस्टमा घरेलु टोली भारतलाई ४ सय ८ रनले हराउँदै दक्षिण अफ्रिकाले क्लिन स्वीप गरेको हो ।

टेस्ट क्रिकेटमा रनको हिसाबले भारतको यो अहिलेसम्मकै ठूलो हार हो । यसअघि सन् २००४ मा नागपुरमा अस्ट्रेलियाले भारतलाई ३ सय ४२ रनले हराएको थियो ।

यस्तै रनको हिसाबले दक्षिण अफ्रिकाको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०१८ मा जोहनेसबर्गमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ४ सय ९२ रनले हराएको थियो ।

यस्तै दक्षिण अफ्रिकाले भारतमा दोस्रो टेस्ट शृङ्खला जितेको हो । योभन्दा पहिलो २५ वर्षअघि सन् २००० मा दक्षिण अफ्रिकाले २–० ले क्लिन स्वीप गरेको थियो ।

यस्तै भारतले घरेलु मैदानमा दुई वर्षमा दुई वटा टेस्ट शृङ्खला गुमाएको छ । गएको वर्ष भारत न्युजिल्यान्डसँग ३–० ले पराजित भएको थियो ।

दक्षिण अफ्रिकाले दिएको ५ सय ४९ रनको लक्ष्य पछ्याएको भारत दोस्रो पारीमा पाँचौं दिनको चिया समयपछि १ सय ४० रन बनाउँदा अलआउट भयो । भारतका रविन्द्र जडेजाले सबैभन्दा धेरै ५४ रन बनाए । दक्षिण अफ्रिकाका सिमोन हार्मरले ६ विकेट लिए ।

दक्षिण अफ्रिकाले दोस्रो पारीमा ५ विकेट गुमाएर २ सय ६० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब्सले ९४ रन बनाए । भारतका रविन्द्र जडेजाले ४ विकेट लिए ।

यसअघि गुवाहिटीको बरसपारा क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका सेनुरन मुथुस्वामीले १ सय ९, मार्को यान्सेनले ९३ रन बनाए । भारतका कुलदीप यादवले ४ विकेट लिए ।

भारत पहिलो पारीमा २ सय १ रनमा अलआउट भएको थियो । भारतका यशस्वी जैसवालले सबैभन्दा धेरै ५८ रन बनाए । दक्षिण अफ्रिकाका मार्को यान्सेनले ६ विकेट लिए ।

पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ३० रनले हराएको थियो । अब भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको एकदिवसीय र पाँच खेलको टी–२० शृङ्खला शुरू हुनेछ ।

सम्वन्धित समाचारहरु