प्युठानको बिजय फुलबारी सहकारीले पायो प्रोबेसन ब्रान्ड - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

प्युठानको बिजय फुलबारी सहकारीले पायो प्रोबेसन ब्रान्ड

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष ४ गते २०८२

प्युठान । जिल्लाको बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था लि प्युठान सहित नेपालका ७ बचत तथा ऋण सहकारी सस्थाले प्रोबेसन ब्रान्ड प्रस्प्त गरेका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकून) को ३४ औं बार्षिक साधारणसभाको अवसरमा बिजय फुलबारी सहित ७ संस्थालाइ ब्रान्ड प्रदान गरिएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्सकून) द्धारा सदस्य संस्थाहरुमा स्वःनियमन र गुणस्तर मानकीकरणका लागि तयार गरिएको गुणस्तर सुनिश्चितता कार्यक्रम Program for Absolute Building and Professionalization PROBATION  बचत ऋण सहकारीमा ट्रेड मार्क रजिष्टर्ड एक मात्र गुणस्तर सुनिश्चितता कार्यक्रम हो ।

वित्तीय स्वस्थता एवम सुरक्षाको २५ सूचकहरु एवम संस्थागत विकासका २५ सूचकहरु समावेश गरि कुल ५० सूचकहरुमा संस्थाको मानकीकरण गरिने यस कार्यक्रममा १७३ संस्थाहरु नियमित अभ्यासमा रहेका छन ।

कम्तिमा २ वर्षदेखि नियमित सुपरिवेक्षणमा रहेका संस्थाहरुले स्वस्स्तर मापन गरि पेश गरेको विवरणमा स्वतन्त्र बाह्य लेखा परिक्षक (तेश्रो पक्ष) फर्मद्धारा गुणस्तर परिक्षण गरि स्तर हासिल गरेका संस्थाहरुलाई एक वर्षको अवधिका लागि गुणस्तर प्रमाणीकरण प्रतिक चिन्ह प्रदान गर्ने गरिएको छ ।

वर्ष २०८२ मा सम्पन्न गुणस्तर परीक्षणमा बिजय फुलबारी सहित ग्रामीण साकोस सल्यान, ज्ञानज्योती महिला उत्थान साकोस काठमाडौं, जनसेवा साकोस कास्की, लोककल्याणकारी साकोस चितवन, स्वस्तिक साकोस सर्लाही र ठेचो महिला जागरण साकोस ललितपुरले सफल स्तर हासिल गरेका छन् । यसै वर्षमा एशियाली ऋण महासंघद्धारा सम्पन्न एक्सेस अडीटमा रुपन्देही स्थित जनउत्थान साकोस सिल्भर स्तर प्रमाणीकरण भएको थियो । यस वर्ष कुल ८ संस्था गुणस्तर प्रमाणीकरण भएका छन । नेफ्स्कूनको ३४औं वार्षिक साधारण सभामा ब्राण्ड प्राप्त गर्ने संस्थाहरुहरुको नाम सार्वजनिक गदैं प्लेग वितरण गरिएको थियो ।

बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था लि का अध्यक्ष नेत्र्मणी आचार्य र ब्यबस्थापक प्रकाश बैद्यले आज काठमाडौमा आयोजित कार्यक्रममा राष्ट्रिय स्तरको गुणस्तर प्रमाणित प्रतीक चिन्ह प्लेग ग्रहण गरेका छन् ।