खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धारा - Pyuthan Online
फागुन २९ गते २०८२
ब्रेकिङ न्यूज
खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धारा क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धारा क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश

खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धारा

सन्तोष सुनार
सन्तोष सुनार
फागुन २९ गते २०८२

प्यूठान । विगत लामो समयदेखी खानेपानीको समस्या रहेको हल्दिखोला वस्तीमा एक घर एक धाराको सुविधा शुभआरम्भ भएको छ । शुक्रबार प्यूठान नगरपालिका वडा नं ४ मा रहेको हल्दिखोला बस्तिमा लामो समयदेखी खानेपानीको समस्या रहेर मर्का परेका वडा वासीहरलाई प्यूठान नगरपालिकाको नगर प्रमुख विष्णु बहादुर योगीले मेयर कोषबाट बजेट व्यवस्थापन गरी सत्र घरमा एक घर एक धार सञ्चालन गरिएको हो ।

उक्त वस्तिका स्थानीयहरु एक गाग्री पानी लिन करिब ४५ मिनेट लागेर बस्तिदेखी तल गौमुखी धारामा जाने समस्या रहेको स्थानीय विनोद नेपालीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । खानेपानीको व्यवस्थापन भएपछि समयको वचत , सुविधा र अन्यकाम गर्न सक्ने समय मिलेको एवम् टेवा पुगेको नेपालीले बताउनुभयो । खानेपानी , शिक्षा , स्वास्थ्य , सडक एवम् पुर्वाधार विकासमा तथा सुविधाका लागी विशेष प्रथामिकतामा राखेर नगरपालिका कार्यमा लागी रहेको नगर प्रमुख योगीको भनाई रहेको छ ।

खानेपानीको धारा खोलेर नगर प्रमुख योगीले उद्घाटन गर्ने क्रममा उप–प्रमुख देवेन्द्र वर्मा , वडा अध्यक्ष रेशम कार्की , पुष्कर शर्मा लगायतको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचारहरु