आजदेखि विश्व खोप सप्ताह शुरू - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

आजदेखि विश्व खोप सप्ताह शुरू

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ११ गते २०८२

११ वैशाख । आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ ।विश्व खोप सप्ताहको मुख्य उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख जीवन जोगिएको छ ।

शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको अवस्था छ ।बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीलाई टिटानस, किशोरीलाई एचपीभीबाट जोगाउँछ ।त्यस्तै आज ‘इन्टरनेश्नल गर्ल्स आईसीटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेश्नल गर्ल्सआइसीटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हुने गरेको छ ।सूचना प्रविधिको क्षेत्रमा छोरीहरु र महिलालाई पनि समान अवसर दिनुपर्नेमा जोड दिएर हरेक वर्ष अप्रिलको चौथो बिहीवार छलफल र कार्यक्रम गर्ने गरिएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ । यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो ।अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहोर्‍याउँदै विश्वका एक सय ४४ देशका सरकार प्रमुख एवम् प्रतिनिधिले अन्तर्राष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए ।