आधुनिक मेसिनद्वारा प्यूठानमा धान रोपाइ - Pyuthan Online
असार २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आधुनिक मेसिनद्वारा प्यूठानमा धान रोपाइ

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १८ गते २०८२

प्युठान । प्युठानमा आधुनिक मेसिनद्वारा धान रोपाइ गरिएको छ। बुधबार प्युठान नगरपालिका ९ मरन्ठानामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाइ प्युठानको सहजीकरणमा चैते धान रोपाइँ गर्न मेसिनको प्रयोग गरिएको हो ।

प्यूठानमा पहिलो पटक सानो आकारको मेसिन प्रयोग गरि धान रोपाइ गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय इकाइ प्यूठानका प्रमुख चुमान शिहं गिरीले जानकारी दिए । परम्परागत रुपमा गरिदै आएको धान खेतीलाई नयाँ प्रविधिसँग जोड्दै बढ्दो मानवीय श्रमको लागतलाई कम गदै समयको बचत गरी उत्पादन वृद्धिमा जोड दिने उद्देश्यले मेसिन प्रयोग गरिएको गिरीले बताए ।

मेसिनबाट प्रतिघण्टा ५ रोपनी क्षेत्रफलमा धान रोप्न सकिने कार्यालयले जनाएको छ । जिल्लामा ६५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । यस बर्ष ३५ सय रोपनीमा चैते धान खेती गरिने कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचारहरु