देशभर तापक्रम बढ्दो, लुम्बिनी प्रदेशमा तातो लहरको सम्भावना - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

देशभर तापक्रम बढ्दो, लुम्बिनी प्रदेशमा तातो लहरको सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १२ गते २०८२

बैशाख १२ गते। स्थानीय वायुले प्रभावले देशभरको तापक्रम क्रमशः बढ्दो अवस्थामा छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा छ । गण्डकीका केही पहाडी स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सामान्य रहनेछ । ती प्रदेशका पहाडी क्षेत्रमा कतैकतै मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ ।त्यस्तै ती पहाडी क्षेत्रमाथिका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ ।

आज राति पनि यस्तै अवस्थाको निरन्तरता रहने पूर्वानुमान गरिएको छ ।मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने अत्यधिक गर्मी बढ्ने देखिएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा तातो लहर चल्न सक्ने भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।