एनपीएलमा लुम्बिनी र चितवन खेल्दै - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

एनपीएलमा लुम्बिनी र चितवन खेल्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर ४ गते २०८२

काठमाण्डौ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राईनोज खेल्दैछन् । यी दुई टोलीबीचको खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

आजको खेल यो सिजनको पाँचौ खेल हो । लुम्बिनीका लागि आजको खेल यो सिजनको पहिलो खेल हुनेछ भने चितवन दोस्रो जितको खोजीमा छ । अस्ति चितवनले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

अघिल्लो संस्करणको एनपीएलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको थियो । एनपीएलको पहिलो सिजनमा लुम्बिनी अंक तालिकाको पुछारमा रह्यो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी आजको खेलबाट राम्रो शुरूवात गर्ने योजनामा छ ।

तर यसअघि नै कर्णालीलाई हराइसकेको कुशल मल्लको कप्तानीमा रहको चितवन उच्च मनोबलका साथ मैदान उत्रदैछ । लुम्बिनीले यसपटक ब्याटिङ अलराउन्डर अफगानिस्तानका मोहमद नैबलाई टोलीमा भित्र्याएको छ भने चितवनबाट इंग्लयाण्डका रबि बोपारा खेल्नेछन् ।

सम्वन्धित समाचारहरु