स्वर्गद्वारीको वडा नं. १ पूर्णखोप घोषणा - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारीको वडा नं. १ पूर्णखोप घोषणा

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २४ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.१ कोचिबाङ पूर्णखोप घोषणा गरिएको छ । मङ्गलबार स्वर्गद्वारी नगरपालिको आयोजना र वडा खोप समन्वय समितिको समन्वयमा एक कार्यक्रमका विच उक्त वडालाई पूर्णखोप घोषणा गरिएको ।

वडामा रहेका ० देखी १५ महिना सम्मका ५८ जना बालबालिकालाई नियमित खोप दिएको, १६ देखी ५९ महिना सम्मका १६५ जनालाई पूर्ण खोप लगाई सकेको कोचिबाङ स्वास्थ्य चौकीका प्रमुख भरत खड्काले स्वर्गभूमी खबरलाई जानकारी दिए । पूर्णखोप हुनको लागी शुन्य डोज र ड्राफ्ट आउट नभेटिएको हुदा पूर्णखोप घोषणा गरिएको समेत खड्काले बताए ।

कार्यक्रमको प्रमुख अथिति रहेका नगर प्रमुख टेक प्रसाद भण्डारीले एक वडामा मात्र नभई नगरपालिकाको सबै वडामा रहेका बालबालिकालाई लगाउनु पर्ने नियमित खोप दिई विभिन्न सरुवा रोगबाट बचाई स्वस्थ राख्नु हाम्रो पहिलो प्रथामिकता रहेको बताए । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सहयोग तथा सामाग्रीहरुको लागी सधै तत्परको साथ लाग्ने नगरप्रमुख भण्डारीले बताएका थिए ।कार्यक्रममा खोपकर्ता र स्वयमसेविकालाई सम्मान सहित प्रमाण पत्र समेत हस्तान्तरण गरिएको हो ।

वडा अध्यक्ष मेघराज जिसिको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता सुरज सुनार , रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानका सदस्य दामोदर कालाथोकी , राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , स्वास्थ्य शाखाकी पार्वती सुवेदी , सुरक्षाकर्मी स्वास्थ्यकर्मी , स्वास्थ्य आमा लगायतको उपस्थिती रहेको थियो ।