३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपालको ऐतिहासिक जीत - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपालको ऐतिहासिक जीत

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ८ गते २०८१

प्यूठान अन्लाई न्यूज डेक्स ।– ३६ वर्षपछि सिंगापुरसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले ऐतिहासिक जीत निकालेको छ ।

हिजो बेलुका भएको खेलमा जिलेप्सीजंग कार्कीको गोलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हरायो । नेपालले सिंगापुरको नेसनल स्टेडियममा ऐतिहासिक सफलता प्राप्त गरेको हो । कार्कीले खेलको १२औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएयता म्याट रसको नेतृत्वमा नेपालले खेलेको यो पहिलो खेल हो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरलाई हराएको  याे पनि पहिलो पटक हो ।

यस्तै नेपालले सिंगापुरलाई गोल गरेको पनि यो नै पहिलो पटक हो । यसअघि तीन खेलमा नेपाल सिंगापुरसँग पराजित भएको थियो भने एउटा बराबरी भएको थियो ।

अब नेपालले एशिया कप छनोट तेस्रो चरण खेल्नेछ । सन् २०२७ मा साउदी अरेबियामा हुने एशियन कपको अन्तिम चरणको छनोट यही मार्च २५ तारिखदेखि शुरू हुँदैछ ।