नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज चार खेल हुँदै - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज चार खेल हुँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
पौष १६ गते २०८२

काठमाण्डौ – नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आज पनि चार वटा खेल हुँदैछन् ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा बिहान १० बजे महिलातर्फ नेपाल पुलिस क्लब र मधेश प्रदेश खेलकुद परिषद् तथा दिउँसो १२ बजे एभरेष्ट भलिबल क्लब र चुली युवा क्लबबीच खेल हुँदैछ ।

यस्तै पुरुषतर्फ दिउँसो २ बजे बुढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र तथा दिउँसो ४ बजे कोशी प्रदेश भलिबल संघ र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्रले खेल्दैछन् ।

यही शनिवारसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।