अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्यूठानकी भुसाल दोस्रो हुन सफल - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्यूठानकी भुसाल दोस्रो हुन सफल

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण २५ गते २०८२

प्यूठान — अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्यूठानकी रञ्जिता भुसाल दोस्रो हुन सफल भएकी छिन । यहि साउन २४ र २५ गते थाइल्यान्डमा आयोजना भएको ८औं हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा भुसाल दोस्रो हुन सफल भएकी हुन ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ जिमुरपाटाकी भुसाल सानै उमेरदेखि तेक्वान्दो खेलमा समर्पित जिल्ला, प्रदेश र केन्द्रीय स्तरका प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै दर्जनौं मेडल र ट्रफी जितिसकेकी छिन्। उनको अथक मेहनत र लगनशीलताले गर्दा अन्तर्राष्ट्रिय मञ्चमा तेक्वान्दो च्याम्पियनसिपमा दोस्रो भई नेपालको झण्डा सानदार तरिकाले फरफराउन सफल भएकी छिन । इच्छा , चाहना हुने हो भने नारीले पनि चाहेको कुरा पुरा गर्न सकिन्छ भन्ने समेत उदाहरण बनेकी छिन ।

भुसालले तेक्वान्दो खेल स्वर्गद्वारी नगरपालिका भित्र रहेका विद्यालयसँग समन्वय गरेर विद्यार्थीहरु , गाउँघरका भाईबहिनीहरुलाई सिकाउदै आएकी छिन ।

सम्वन्धित समाचारहरु