काठमाण्डौ – क्लब विश्वकपमा इन्टर मियामी एफसी पोर्टोलाई २–१ ले हराएको छ । आज बिहान भएको खेलमा लियोनल मेसीले गरेको निर्णायक गोलमा मियामी विजयी भएको हो । यस्तै मियामीका टेलास्को सेगोभिआ र पोर्टोका सामु आगेहोवाल एक–एक गोल गरे ।
यही समूहको गएराति भएको अर्को खेलमा पाल्मारेसियसले अल अहलीलाई २–० ले हरायो । समूह ‘बी’ को खेलमा भने एटलेटिको म्याड्रिडले सियाटल सन्डर्सलाई ३–१ ले पराजित गरेको छ । यस्तै केही बेर अघि सकिएको खेलमा पीएसजीले बोटाफोगोलाई १–० गोलले हराएको छ ।