नेपालले अस्ट्रेलियामा खेल्ने टी–२० शृङ्खलाको तालिका सार्वजनिक - Pyuthan Online
श्रावण १४ गते २०८२
ब्रेकिङ न्यूज
हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन् हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन्

नेपालले अस्ट्रेलियामा खेल्ने टी–२० शृङ्खलाको तालिका सार्वजनिक

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २४ गते २०८२

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ । टप इन्ड टी–२० शृङ्खलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

टी–२० शृङ्खलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्ससहित बङ्गलादेश ‘ए’, पाकिस्तान ए’ र बिग बाश लिगका तीन टोलीहरू मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्ससँग खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप एशिया छनोट २०२६ को तयारी स्वरूप नेपालले अस्ट्रेलियामा शृङ्खला खेल्न लागेको हो । टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुनेछ ।

यो छनोटअघि नेपालले आउँदो सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने तय भएको छ ।