स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ को वार्षिक समिक्षा ः उत्कृष्ठ कोचिबाङ - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ को वार्षिक समिक्षा ः उत्कृष्ठ कोचिबाङ

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १९ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा आ.व.२०८१–०८२ वार्षिक समिक्षा तथा योजना तर्जुमा २ दिने कार्यक्रम सम्पन्न भएको छ । मङ्गलबार देखी सुरु गरिएको स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्र रहेको प्रथामिक स्वास्थ्य चौकी , आधारभुत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी , आयुर्वेद , विराट र सर्पदशं उपचारको त्रुधबार नगरपालिकाको सभाहलमा समिक्षा गरिएको हो । गत वषको तुलनामा यो वर्ष सेवा प्रदाय सुधार भएको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिनुभयो । स्वास्थ्य संस्थाहरुमा सेवाग्राहीले सबै औषधी नपाएको गुनासो आउदा बजेटको अभाव हुदा सबै औषधीहरु उपलब्ध नभएको केसीले प्यूठान अनलाइनलाई जानकारी दिनुभयो । नगरवासीहरुमा सर्ने रोग र नसर्ने रोगहरु विद्यालय , टोल विकास संस्था , आमा समुह , स्वयमसेविका बाट जनचेतना फैलाएको हुदा सजक रहेको र रोगहरु पनि कम मात्रा लागेको महसुस भएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

त्यस्तै सर्पदशं उपचारबाट पनि धेरै विरामीहरुलाई ज्यानबाट बचाउन सकिएको केसीले बताउनुभयो । केसीले भन्नुभयो “ यदि सर्पले टोकिहालेमा विरामीलाई हौषला दिने , टोकेको ठाउँलाई हलचल नगराउने र विरामीलाई सक्दो सर्पदशं उपचार केन्द्रमा लिएमा विरामीलाई ज्यान जानबाट बचाउने सकिन्छ । ” केही स्वास्थ्य संस्थामा भवनहरु नहुदा र कर्मचारी अभावको गुनासो आउदा कार्यक्रमको प्रमुख अतिथी सामाजिक विकास प्रमुख एवम् वडा न. ५ का वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले यसको कार्यपालिकामा छलफल गरि निर्णय गराएर व्यवस्था गरिने बताउनुभयो ।अवको समयमा स्वास्थ्य क्षेत्रमा नगरपालिकाबाट बढी बजेट छुट्याउन आग्रह गरिने समेत घर्तिमगरले बताउनुभयो । विग्रेका कम्प्युटर मर्मत र व्याकप व्याट्रि समेत व्यवस्था गरिने समेत उहाँले बताउनुभएको थियो ।

सबै स्वास्थ्य संस्थाबाट राम्रो सेवा प्रवाह भएपनि प्रगती कार्य हेर्दा यो वर्ष कोचिबाङ स्वास्थ्य चौकी उत्कृष्ठ भएको छ भने राम्रो काम र निरन्तर सेवा लागी रहनु भएकोमा स्वास्थ्यकर्मी गोठिबाङ स्वास्थ्य चौकीको प्रमुख नवराज केसी हुनुभएको छ । उहाँहरुलाई प्रमाणपत्र सहित दोशला ओडाएर सम्मान गरिएको हो ।

कार्यक्रममा स्वास्थ्य संस्थाको प्रमुख तथा प्रतिनिधी पत्रकार लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक दुर्गा प्रसाद गोराथीकीले गर्नु भएको थियो ।