अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्यूठानकी भुसाल दोस्रो हुन सफल - Pyuthan Online
असाेज १९ गते २०८२

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्यूठानकी भुसाल दोस्रो हुन सफल

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण २५ गते २०८२

प्यूठान — अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा प्यूठानकी रञ्जिता भुसाल दोस्रो हुन सफल भएकी छिन । यहि साउन २४ र २५ गते थाइल्यान्डमा आयोजना भएको ८औं हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा भुसाल दोस्रो हुन सफल भएकी हुन ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ जिमुरपाटाकी भुसाल सानै उमेरदेखि तेक्वान्दो खेलमा समर्पित जिल्ला, प्रदेश र केन्द्रीय स्तरका प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै दर्जनौं मेडल र ट्रफी जितिसकेकी छिन्। उनको अथक मेहनत र लगनशीलताले गर्दा अन्तर्राष्ट्रिय मञ्चमा तेक्वान्दो च्याम्पियनसिपमा दोस्रो भई नेपालको झण्डा सानदार तरिकाले फरफराउन सफल भएकी छिन । इच्छा , चाहना हुने हो भने नारीले पनि चाहेको कुरा पुरा गर्न सकिन्छ भन्ने समेत उदाहरण बनेकी छिन ।

भुसालले तेक्वान्दो खेल स्वर्गद्वारी नगरपालिका भित्र रहेका विद्यालयसँग समन्वय गरेर विद्यार्थीहरु , गाउँघरका भाईबहिनीहरुलाई सिकाउदै आएकी छिन ।