अखिल (क्रान्तिकारी) प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अखिल (क्रान्तिकारी) प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

शम्भु सुनार
शम्भु सुनार
जेठ ५ गते २०८२

५ जेठ , प्यूठान । अखिल (क्रान्तिकारी) प्यूठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा हक हित र नागरिकका जनजिविकाको सवालमा निरन्तर रुपमा आवाज उठाईरहेको अखिल(क्रान्तिकारी) जिल्ला समिति प्यूठान विद्यार्थीले आईतबार छिनछिनमा बत्ती जाने र आउने गर्दा सञ्चालन हुदै गरेको स्नातक तह चौथो वर्ष नजिकिदै गरेको ,कक्षा ११ का विद्यार्थीहरुलाई पु¥याएको
असर प्रति संगठनका जिल्ला अध्यक्ष सुशिला घर्ती मगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल लाई विभिन्न माग र सरोकारका विषय समेटी ६ बुँदे ज्ञापनपत्र बुझाईएको हो ।

त्यस्तै नेपाल विद्युत प्राधिकरण प्यूठान वितरण केन्द्र जुम्री प्यूठानका प्रमुख महेन्द्र कुमार दास लाई संगठनको तर्फबाट सोही विषयमा ६ बुँदे ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएको अध्यक्ष शुसिला घर्तिमगरले जानकारी दिनुभयो । पत्र बुझेपछि प्रजिअ दिपकराज नेपालले विद्युत प्राधिकरणसँग समस्याको मागप्रति र सरोकारका विषय वस्तुलाई छिटै सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष घर्तिमगरले बताउनुभयो ।

शिक्षा भनेको अन्धकारबाट उज्यालो तर्फ लैजाने , चेतनाको विकास गर्ने मार्ग भएकोले यस विषयमा तत्काल अनुमोदन गर्ने प्रजिअ नेपालले बताएको अखिल (क्रान्तिकारी ) प्यूठानले जनाएको छ । अखिल (क्रान्तिकारी ) प्यूठानले जिल्लामा विद्यार्थीको हक अधिकार , अन्यायको विरुद्धमा निरन्तर खबरदारी गर्दै आईरहेको छ ।

सम्वन्धित समाचारहरु