एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई ४ विकेटले हरायो - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई ४ विकेटले हरायो

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३१ गते २०८२

एसीसी टी–२० एशिया कपमा श्रीलङ्काले हङकङलाई चार विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले लगातार दोस्रो जित सहित शीर्ष स्थानमा रहँदै सुपर चार को सम्भावना बलियो बनाएको छ । हङकङले दिएको एक सय ५० रनको लक्ष्य श्रीलङ्काले १८ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काको जितमा ओपनर पाथुम निसांकाले ६८ रन बनाए । हङकङका कप्तान यासिम मुर्तजाले दुई विकेट लिए । त्यसअघि दुबई क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ४९ रन बनाएको थियो ।

हङकङका निजाकत खानले सर्वाधिक ५२ रन बनाए । समूह बी मा रहेको श्रीलङ्का दुई खेलमा चार अङ्कका साथ शीर्ष स्थानमा छ । श्रीलङ्काले अन्तिम खेल पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

सम्वन्धित समाचारहरु