विश्वकप २०२६ स् पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने हुँदै - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

विश्वकप २०२६ स् पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने हुँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १८ गते २०८३

काठमाण्डौ – फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने ५ बजे पोर्चुगल र क्रोएशिया खेल्दैछन् । यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा हुनेछ ।पोर्चुगल समूह ‘के’ को उपविजेता र क्रोएशिया समूह ‘एल’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

पोर्चुगल र क्रोएशियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।यस्तै यी दुई टोलीबीच अहिलेसम्म १० पटक प्रतिस्पर्धा भएको छ । यसमा पोर्चुगल ७ र क्रोएशिया १ खेलमा विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ ।

त्यसअघि विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको लस एन्जलस रङ्गशालामा शुरू हुनेछ ।

स्पेन समूह ‘एच’ को विजेता र अस्ट्रिया समूह ‘जे’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

सन् २०१० को विजेता स्पेन र अस्ट्रियाबीच विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् १९७८ को विश्वकपमा अस्ट्रियाले स्पेनलाई २–१ ले हराएको थियो ।

यस्तै यी दुई टोलीबीच अन्तर्राष्ट्रिय फुटबलमा १६ पटक प्रतिस्पर्धा भएको छ । यसमा स्पेन ९ र अस्ट्रियाले ४ खेल जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ ।

विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने ९ बजे स्विट्जरल्यान्ड र अल्जेरिया खेल्दैछन् । स्विट्जरल्यान्ड समूह ‘बी’ को विजेता र अल्जेरिया समूह ‘जे’ बाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् ।

स्विट्जरल्यान्ड र अल्जेरियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

यस्तै यी दुई टोलीबीच अहिलेसम्म २ पटक प्रतिस्पर्धा भएको छ । यसमा दुइटै खेल स्विट्जरल्यान्डले जितेको छ ।

अहिलेसम्म १० वटा टोली प्रिक्वाटरफाइनलमा पुगेका छन् । क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्डले एकअर्कासँग खेल्ने पक्का भएको छ ।

सम्वन्धित समाचारहरु