विश्वकप २०२६ स् पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने हुँदै - Pyuthan Online
असाेज २६ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

विश्वकप २०२६ स् पोर्चुगल र क्रोएशिया पहिलो पटक आमनेसामने हुँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १८ गते २०८३

काठमाण्डौ – फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने ५ बजे पोर्चुगल र क्रोएशिया खेल्दैछन् । यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा हुनेछ ।पोर्चुगल समूह ‘के’ को उपविजेता र क्रोएशिया समूह ‘एल’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

पोर्चुगल र क्रोएशियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।यस्तै यी दुई टोलीबीच अहिलेसम्म १० पटक प्रतिस्पर्धा भएको छ । यसमा पोर्चुगल ७ र क्रोएशिया १ खेलमा विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ ।

त्यसअघि विश्वकप फुटबलको नकआउटमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको लस एन्जलस रङ्गशालामा शुरू हुनेछ ।

स्पेन समूह ‘एच’ को विजेता र अस्ट्रिया समूह ‘जे’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

सन् २०१० को विजेता स्पेन र अस्ट्रियाबीच विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् १९७८ को विश्वकपमा अस्ट्रियाले स्पेनलाई २–१ ले हराएको थियो ।

यस्तै यी दुई टोलीबीच अन्तर्राष्ट्रिय फुटबलमा १६ पटक प्रतिस्पर्धा भएको छ । यसमा स्पेन ९ र अस्ट्रियाले ४ खेल जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ ।

विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने ९ बजे स्विट्जरल्यान्ड र अल्जेरिया खेल्दैछन् । स्विट्जरल्यान्ड समूह ‘बी’ को विजेता र अल्जेरिया समूह ‘जे’ बाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् ।

स्विट्जरल्यान्ड र अल्जेरियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

यस्तै यी दुई टोलीबीच अहिलेसम्म २ पटक प्रतिस्पर्धा भएको छ । यसमा दुइटै खेल स्विट्जरल्यान्डले जितेको छ ।

अहिलेसम्म १० वटा टोली प्रिक्वाटरफाइनलमा पुगेका छन् । क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्डले एकअर्कासँग खेल्ने पक्का भएको छ ।