चिडियाखानाकाे रेड पान्डा चाेर्न खाेज्ने २ जना पक्राउ - Pyuthan Online
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

चिडियाखानाकाे रेड पान्डा चाेर्न खाेज्ने २ जना पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ २० गते २०८२

ललितपुर – ललितपुर महानगरपालिका–४ जावलाखेलमा रहेको सदर चिडियाखानाभित्र प्रदर्शनीमा राखिएका दुर्लभ प्रजातिको रेड पान्डा अर्थात् हाब्रे चोरी गर्न खोजेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ घर भई काठमाण्डौ महानगरपालिका–१५ स्वयम्भू बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारतको बिहार घर भएका २६ वर्षीय मोहमद तफिक रहेका छन् ।

चिडियाखानामा रहेको रेड पान्डा गएको वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरेको हो । उनीहरूमाथि चोरी उद्योग कसूरमा पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।