प्यूठान । स्वर्गद्वारी नगरपालिका ५ मा विद्युतीय चुलो वितरण हुन लागेको छ । शुक्रबार वडा कार्यालयले सुचना निकाली चुलो प्रयोग गर्न चाहने वडा बासिहरुको लागी वडा कार्यालयले आवेदन फारम भर्नको लागी असार ६ गते सम्म आह्वान गरेको छ । विद्युतीय चुलोमा ३० प्रतिशत मात्र लागत उपभोक्ताको लाग्ने भएको वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिनुभयो ।
वडाको र उर्जा प्रवद्धन केन्द्र बीच भएको सम्झौता अनुसार वडामा जम्मा ८ सय ५० पिस विद्युतीय (इन्डक्सन) चुलो बितरण हुने वडा अध्यक्ष घर्तिले बताउनुभयो । विद्युतीय (इन्डक्सन) चुलोले खाना छिटो पकाउने, विद्युत् उपयोगमा उच्च दक्षता हुने, दाउरा तथा ग्यासको खर्च बचत गर्ने, र घरभित्र धुवाँरहित वातावरण सिर्जना गर्ने भएकाले वडाबासीहरुमा व्यवस्थापन तथा विकसीत समाज बनाउनु मुख्य उदेश्य रहेको वडा अध्यक्ष घर्तिमगरको भनाई रहेको छ ।
वडा अध्यक्ष घर्तिमगर वडाको विकास र सेवामा लागी पर्नुभएको छ ।