नेपालले अस्ट्रेलियामा खेल्ने टी–२० शृङ्खलाको तालिका सार्वजनिक - Pyuthan Online
फागुन १९ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

नेपालले अस्ट्रेलियामा खेल्ने टी–२० शृङ्खलाको तालिका सार्वजनिक

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २४ गते २०८२

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ । टप इन्ड टी–२० शृङ्खलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

टी–२० शृङ्खलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्ससहित बङ्गलादेश ‘ए’, पाकिस्तान ए’ र बिग बाश लिगका तीन टोलीहरू मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्ससँग खेल्नेछ ।

आईसीसी टी–२० विश्वकप एशिया छनोट २०२६ को तयारी स्वरूप नेपालले अस्ट्रेलियामा शृङ्खला खेल्न लागेको हो । टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुनेछ ।

यो छनोटअघि नेपालले आउँदो सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने तय भएको छ ।

सम्वन्धित समाचारहरु