झिमरुकका अध्यक्ष महतरा क्षेत्री जनगुनासो सुन्न बस्ती बस्तीमा - Pyuthan Online
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

झिमरुकका अध्यक्ष महतरा क्षेत्री जनगुनासो सुन्न बस्ती बस्तीमा

शम्भु सुनार
शम्भु सुनार
श्रावण १७ गते २०८२

प्युठान । प्यूठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउपालिकाबासीको जनगुनासो सुन्न गाउँ बस्तीमा पुग्नु भएको छ । शनिबार गाउपालिकाको वडा न ६ का जनाताहरुसँग प्रत्यक्ष रुपमा गुनासो सुन्न गाउँ बस्तीमा पुगेको सचिवालयले जनाएको छ। उक्त अवसरमा स्थानीयबासीहरुले आज सडक, पुल, सिंचाइ, खानेपानी, लगायतका योजना माग गरेकोले पुरा गर्न पहल कदमीको साथ लाग्ने अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो ।

उहाँले तीन तहको सरकारको रुपमा परिभाषित गरेपनी आर्थिक रुपमा सबल नहुदा समस्या भएका कारण जनताको माग र हामीले चाहेको काम गर्न नसकेको तर प्रदेश र केन्द्र सरकारसँग पनि पहलकदमी अग्रसर भएर लागीरहेको समेत अध्यक्ष महतरा क्षेत्री बताउनुभयो । त्यस्तै कार्यक्रममा स्थानिय रुक बहादुर केसीले देश संघीय आएपछि जनताको आवश्यकता र मर्म स्थानीयसरकार भएकाले हामीले माग गरेको बातउदै समस्याहरुको समधान हुने पनि विश्वास गरेको बताउनुभएको थियो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि स्थानीयहरुको बाक्लो उपस्थित रहेको थियो । त्यस्तै आजै बतासेडाडा मच्छी सडकखण्डमा भैरहेको कामको प्रगतिको समेत अनुगमन गरिएको हो ।

सम्वन्धित समाचारहरु