आमाको सम्झनामा वडाध्यक्ष बुढाद्वारा प्रतिक्षालय निर्माण - Pyuthan Online
असाेज १९ गते २०८२

आमाको सम्झनामा वडाध्यक्ष बुढाद्वारा प्रतिक्षालय निर्माण

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १७ गते २०८२

प्युठान । जिल्लाको माण्डवी गाउँपालिका–१ का वडाध्यक्ष बाम बहादुर बुढाले आफ्नी स्वर्गीय आमाको सम्झनामा प्रतिक्षालय निर्माण गर्नु भएको छ । आफ्नो आमा स्वर्गवास भएपनि आमा यमकली बुढा मगरको सम्झनामा लामपोखरीमा प्रतिक्षालय निर्माण गरेको वडाअध्यक्ष बुढाले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।ऐतिहासिक मानिएको लामपोखरी क्षेत्रमा तिहार पञ्चमीका दिन मेला लाग्ने र विभिन्न संघ–संस्था तथा दिदीबहीनी एवम् दाजुभाईले कुनै कार्यक्रम , बैठक , पिक्निक, तथा हिडानको थकानमा आराम , पानी आउदा ओत लागुन भन्ने उदेश्यले आमाको सम्झनामा प्रतिक्षालय बनाएको वडाअध्यक्ष बुढाले बताउनुभयो ।

उक्त प्रतिक्षालय निर्माण गर्दा करिब २ लाख ४० हजार रुपैयाँ लागेको उहाँले बताउनुभयो । प्रतिक्षालय बन्दा स्थानीय खुसी हुदै वडाअध्यक्षलाई धन्यवाद समेत दिएका छन । बुढा वडाअध्यक्षमा निर्वाचित भएपछि सामाजिक विकास , अन्यायको विरुद्धको रुपमा निरन्तर लागी रहनु भएको छ । उहाँले भन्नुभयो “ विगतमा देश र जनताको लागी बलिदानमा होमिएकाले मलाई कुनै लोपलालच नभएको वडाबासीहरुको समस्याहरुको समधान र सभ्य समाजको निर्माण गर्नु मुख्य उदेश्य रहेको छ । ”

उहाँको आमा यमकली बुढा मगरको गत वर्ष भदौ २१ गते ७५ वर्षको उमेरमा निधन भएको थियो।

सम्वन्धित समाचारहरु