काठमाडौँ । पाकिस्तानले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले जितेको छ ।पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको ओमानले १६.४ ओभरमा अल आउट हुदै केवल ६७ रन मात्र बनाएको थियो ।ओमानका लागि हम्माद मिर्जाले सर्बाधिक २७ रन बनाएका थिए भने आमिर कालीमले १३ रन बनाएका थिए ।
त्यस्तै ओमानसलाई अल आउट गर्नेक्रममा पाकिस्तानका सैम आयुब, सुफियान मुक्वीन र फाहीम अशरफले २–२ विकेट लिएका थिए ।यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हारिसले सर्बाधिक ६६, सहिबजादा फरहानले २९ र फखर जमानले २३ रन बनाएका थिए । त्यस्तै ओमानका बलर शाह फैसल र आमिर खानले ३३ विकेट लिएका थिए ।
यो जितपछि पाकिस्तानको समुह ए मा २ अंक भएको छ । अब एशिया कप अन्तर्गत आज बंगलादेश र श्रीलंकाबीच खेल हुदैछ ।