पाकिस्तानको एशिया कपमा विजयी शुरुवात - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

पाकिस्तानको एशिया कपमा विजयी शुरुवात

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र २८ गते २०८२

काठमाडौँ । पाकिस्तानले जारी एशिया कपमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले जितेको छ ।पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछाएको ओमानले १६.४ ओभरमा अल आउट हुदै केवल ६७ रन मात्र बनाएको थियो ।ओमानका लागि हम्माद मिर्जाले सर्बाधिक २७ रन बनाएका थिए भने आमिर कालीमले १३ रन बनाएका थिए ।

त्यस्तै ओमानसलाई अल आउट गर्नेक्रममा पाकिस्तानका सैम आयुब, सुफियान मुक्वीन र फाहीम अशरफले २–२ विकेट लिएका थिए ।यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हारिसले सर्बाधिक ६६, सहिबजादा फरहानले २९ र फखर जमानले २३ रन बनाएका थिए । त्यस्तै ओमानका बलर शाह फैसल र आमिर खानले ३३ विकेट लिएका थिए ।

यो जितपछि पाकिस्तानको समुह ए मा २ अंक भएको छ । अब एशिया कप अन्तर्गत आज बंगलादेश र श्रीलंकाबीच खेल हुदैछ ।

सम्वन्धित समाचारहरु