आज देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना - Pyuthan Online
असाेज १९ गते २०८२

आज देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३१ गते २०८२

काठमाण्डौ ।आज मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा तथा राति कोशी र सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण बाढी तथा पहिरोको जोखिम पनि रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।।