ह्वाट्स एप ग्रुप बनाएर निरीक्षकले नै चोराए चिट, तीन जना नियन्त्रणमा - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

ह्वाट्स एप ग्रुप बनाएर निरीक्षकले नै चोराए चिट, तीन जना नियन्त्रणमा

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स ।माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा ह्वाट्स एप ग्रुप बनाएरै निरीक्षकले नै चिट चोराउँदै गर्दा आइतबार सुनसरी इनरुवाको भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

भगवती माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट इनरुवा वडा नं. ४ स्थायी घर भई कोशी गाउँपालिका वडा नं. १ को राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ३६ वर्षे मुकेन्द्र यादव, इनरुवा वडा नं. ५ का भगवती विद्यालयमै कार्यरत ५४ वर्षे रमानन्द यादव र इनरुवा वडा नं. ४ घर भएका वीपी आधारभूत विद्यालय इनरुवामा कार्यरत ४४ वर्षे दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका तीनै जनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिम्सिनाले बताए । 

नियन्त्रणमा लिएका तीनै जना निरीक्षकले ह्वाट्स एप ग्रुप बनाएर भित्रको प्रश्न पत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखी पठाउने अनि विद्यार्थीलाई सिकाउने गरेको प्रमाण फेला पारेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । उनका अनुसार निरीक्षक तथा केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन भएको कोठामा मोबाइल लान रोक लगाएता पनि उनीहरुले निर्बाध रुपमा त्यसरी चरम विकृति सिर्जना हुने गरी चिट चोराउने गरेको पाइएको हो । प्रजिअ मिश्र नेतृत्व टोलीले भगवती माध्यमिक विद्यालयका केन्द्राध्यक्षलाई समेत परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न सचेत गराएको छ ।

सुनसरीमा विशेष गरी निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको खुलेको छ । यहाँ ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएका छन् ।