विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २९ गते २०८२

काठमाण्डौ – विगत दुई वर्षदेखि प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका नेपालका विपिन जोशीको शव स्वदेश ल्याउन आवश्यक प्रक्रिया शुरू भएको छ ।

परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति निकालेर इजरायलमा रहेका नेपाली दूतावासका प्रतिनिधिले तेल अभिवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’ को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया शुरू भएको जनाएको छ ।

जोशीको शव नेपाल ल्याइसकेपछि पनि ज्यान जानुको वास्तविक कारण र परिस्थितिको सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र उहाँको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधाको लागि उचित पहल गरिने मन्त्रालयले जनाएको छ । जोशीको शव नेपाल ल्याउन अझै केही दिन लाग्नेछ ।

सम्वन्धित समाचारहरु