२० प्रतिशत कर्मचारी कटौती हुने, अब बैठक भत्ता बन्द - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

२० प्रतिशत कर्मचारी कटौती हुने, अब बैठक भत्ता बन्द

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज १ गते २०८२

प्यूठान अनलाईन न्युजडेक्स । नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा रहेका दरबन्दी औसतमा २० प्रतिशतले कटौती गर्ने तयारी गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवहरुको बैठकले २० प्रतिशतले कर्मचारी कटौतीको सिफारिस मन्त्रिपरिषदमा गर्ने निर्णय गरेको हो ।

साथै बैठकले सरकारका कुनै पनि कर्मचारीले बैठक भत्ता नलिने, सार्वजनिक खर्चमा मितव्ययिता ल्याउन सम्बन्धित कार्यालयले गर्ने सबै कार्यक्रम सरकारी भवन तथा हलमा आयोजना गर्ने, सिंहदरबार प्रवेशका लागि मन्त्रालय तथा निकायले जारी गरेका अनावश्यक प्रवेश पास खारेज गर्ने, आन्दोलनका क्रममा ध्वस्त भई नयाँ खरिद गर्नुपर्ने फर्निचर लगायतका सामानको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेको छ।