झिमरुकमा मानव कङ्काल फेला - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

झिमरुकमा मानव कङ्काल फेला

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ९ गते २०८२

प्युठान । झिमरुक गाउँपालिका ६ सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ। जिल्ला प्रहरी कार्यालयमा प्युठानमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा उत्त कङ्गाल फेला परेको हो। गतवर्ष असोज २७ गतेदेखि सम्पर्कविहीन भएका प्युठान नगरपालिका वडा न .१० बल्देका ७० वर्षीय भेग बहादुर सुनारको रहेको पुष्टि भएको प्रहरीले बताएको छ।

मृतकका छोरा सागर सुनारले कङ्गाल सनाखत गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी निरञ्जन रिजालले जानकारी दिए।लामो समयदेखि बेपत्ता उनको खोजी भइरहेकोमा शनिबार स्थानीयले जङ्गलमा मानव कङ्गाल देखेपछी प्रहरीलाई खबर गरेका थिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।