श्रीलंकामा इन्धन वितरणमा राशन प्रणाली लागू - Pyuthan Online
असार २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

श्रीलंकामा इन्धन वितरणमा राशन प्रणाली लागू

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १३ गते २०८२

काठमाडौँ । श्रीलंकाले इन्धनको संकट बढेपछि आपूर्ति व्यवस्थापनका लागि पुनः राशन प्रणाली लागू गरेको छ। इरानसँगको युद्धका कारण उत्पन्न संकटको जोखिम बढेपछि यस्तो कदम चालिएको हो।श्रीलंकाले आफ्नो करिब ६० प्रतिशत ऊर्जा आवश्यकता आयातमार्फत पूरा गर्दै आएको छ, जसको ठूलो हिस्सा स्ट्रेट अफ होर्मुजबाट आउने गर्छ ।

उक्त मार्ग प्रभावित भएपछि अवस्था झनै जटिल बनेको छ । हाल देशसँग करिब एक महिनाका लागि मात्र इन्धन भण्डारण रहेको जनाइएको छ। यसैबीच श्रीलंका सरकारले क्यूआर कोडमा आधारित इन्धन राशन प्रणाली लागू गरेको छ, जुन यसअघि २०२२ को आर्थिक संकटमा पनि प्रयोग गरिएको थियो ।

नयाँ व्यवस्थाअनुसार मोटरसाइकललाई साप्ताहिक ८ लिटर पेट्रोल, अटो रिक्सा २० लिटर, कार २५ लिटर, बसलाई १०० लिटर डिजेल र ट्रकलाई २०० लिटर डिजेल वितरण गरिनेछ ।

सम्वन्धित समाचारहरु