रूपन्देहीबाट लागूऔषधसहित दुई युवा पक्राउ - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रूपन्देहीबाट लागूऔषधसहित दुई युवा पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स । प्रहरीले लागूऔषधसहित रूपन्देहीबाट दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासका २३ वर्षीय सुदीप गुरुङ र २७ वर्षीय ईश्वर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बिहीबार बुटवल उपमहानगरपालिका–९ स्थित चौराहबाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट सेरिज्याक ५० एम्पुल्स, फेनारागन ५० एम्पुल्स र टालजेसिक नामको लागूऔषध ५० एम्पुल्स बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीले बताए ।

नेपालमा यी औषधिको आयात तथा बिक्री वितरणमा प्रतिबन्ध छ । लागू पदार्थ दुर्व्यसनी तथा कारोवारीले लुकाएर भारतमा खरिद गरी यी औषधि नेपाल ल्याउने गर्छन् ।

सम्वन्धित समाचारहरु