विश्वकप लिग २ आज नेपाल र अमेरिका भिड्दै - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

विश्वकप लिग २ आज नेपाल र अमेरिका भिड्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक ९ गते २०८२

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत यूएईमा हुने श्रृंखला आजबाट सुरु हुँदैछ । त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् । खेल युएईको दुबाईमा नेपाली सयम अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

केही दिनदेखि यूएईमा अभ्यासमा व्यस्त रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आजबाट एक दिवसिय श्रृंखला खेल्न लागेको हो । यो श्रृंखला कात्तिक १९ गतेसम्म चल्नेछ । नेपालले दोस्रो खेल कात्तिक १३ गते युएई, तेस्रो खेल कात्तिक १५ गते अमेरिका तथा अन्तिम खेल कात्तिक १९ गते युएईसँग खेल्नेछ ।

विश्वकप लिग–टु मा १२ खेल खेलेको नेपालले १६ अंक जोडेको छ । समान खेल खेलेको युएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानको स्कटल्याण्डले २४ खेलबाट ३० अंक जोडेको छ ।