भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २६ गते २०८२

श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको आरोप बारे अनुसन्धान गर्नका लागि पक्राउ गरेको अधिकारीहरूले बुधबार जनाएका छन् ।

आयोगले विज्ञप्ति जारी गर्दै रणतुङ्गालाई सन् २०२१ मा उहाँको कार्यकालमा भएको भ्रष्टाचारको आरोपमा हिरासतमा लिइएको बताएको छ ।

आयोगका अनुसार यो मामिलामा पर्यटन मन्त्रालय अन्तर्गतका चार संस्थाका लागि नयाँ बिमा योजना खरिद गरिएको छ । राज्यको स्वामित्वमा रहेको श्रीलङ्का बिमा निगम ९एसएलआईसी० बाट सिधै खरिद गर्नुको सट्टा रणतुङ्गाले निजी कम्पनी मार्फत खरिद गर्दा एसएलआईसीलाई ४।७ मिलियन रुपैयाँ ९२०२१ को विनिमय दरमा लगभग २४ हजार अमेरिकी डलर को नोक्सान भएको जनाइएको छ ।

आयोगले पूर्व मन्त्रीलाई वयानका लागि कोलम्बोको अदालतमा पेस गरिने जनाएको छ ।

रणतुङ्गाले यस अघि महिन्दा राजापाक्ष, गोताबाया राजापाक्ष र रानिल विक्रमसिङ्घेको कार्यकालमा धेरै प्रमुख पदहरू सम्हालेको जनाइएको छ ।

सम्वन्धित समाचारहरु