सल्यानमा अवैध रुपमा संचालनमा रहेका ४ वटा जीप प्रहरी नियन्त्रणमा - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

सल्यानमा अवैध रुपमा संचालनमा रहेका ४ वटा जीप प्रहरी नियन्त्रणमा

प्युठान अनलाईन
प्युठान अनलाईन
मंसिर ३ गते २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय सल्यानले लामो समय देखि अवैध रुपमा संचालनमा रहेका ४ वटा जीपलाई नियन्त्रणमा लिएको छ । ती जीपहरुले जिल्लाका विभिन्न स्थानमा यात्रुहरु बोक्ने काम गर्दै आइरहेका थिए । गोप्य सूचनाका आधारमा प्रहरीले गाडीहरुको चेकजाँच गर्दा वैधानिक कागजात फेला नपरेपछि भे १ ज १२१४ को हुलास मुस्ताङ, मे १ ज १९१२ को हुलास सफारी, रा १ ज ५१० को महेन्द्र सफारी र भे १ ज ७३५ नम्बरको टाटा सुमो जीप नियन्त्रणमा लिएको हो ।

जिल्लाका भित्री सडकमार्गमा चल्ने ती गाडीको नम्बर प्लेट, इन्जिन नम्बर र च्यासिस नम्बर बिलबुकमा रहेको विवरणसँग मेल नखापिएपछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पूर्ण केसीले जानकारी दिनुभयो । प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएको हो । प्रहरीका अनुसार शारदा नगरपालिका–१, श्रीनगर–रुकुमचोक क्षेत्रमा ‘नम्बर संशोधन भएको जिप चलेको’ भन्ने सूचनाको आधारमा विशेष चेकिङ गरिएको थियो। सोही क्रममा केही गाडीमा नम्बर पूर्ण रूपमा मेटिएको, केहीमा प्लेटका अंक मिलान नभएको तथा कतिपयमा बिलबुकका विवरणभन्दा अलग नम्बर भेटिएको छ ।

नियन्त्रणमा परेका जिप १० देखि १८ वर्ष पुराना रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको जीपलाई राजस्व अनुसन्धान विभाग, कोहलपुलमा पठाउने तयारी प्रहरीले गरेको छ । राजस्व अनुसन्धान विभागमा नम्बर हेरफेर, चोरी वा अवैध आयातसम्बन्धी थप प्राविधिक जाँच हुने गर्दछ ।जीपलाई नियन्त्रणमा लिएपनि गाडी धनी वा चालक भने पक्राउ परेका छैनन् ।

राजश्व अनुसन्धान विभागले कोहलपुरले गाडीहरु चोरीका भएको वा अवैध भएको पुष्टि गरेपछि मात्रै उसैको पत्रका आधारमा सम्बन्धीत व्यक्तीलाई पक्राउ गरिने प्रहरीले बताएको छ । जिल्लामा अन्य सवारी पनि अवैध रूपमा सञ्चालनमा हुन सक्ने भएकाले चेकजाँचलाई अझ कडा बनाइएको प्रहरी प्रमुख डिएसपी डा. हेम केसीले बताउनुभयो ।

सम्वन्धित समाचारहरु