प्यूठान नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्यूठान नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ६ गते २०८२

प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले अनुदान लिन इच्छुक किसानलाई निवेदन दिन १५ दिने सार्वजनिक सुचाना जारी गरेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८२(०८३ को वार्षिक स्विकृत कार्यक्रम अनुसार हलगोरु पाल्ने किसानहरुलाई अनुदान उपलब्ध गराउनका लागि सार्वजनिक सूचना आव्हान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर जिसीले जानकारी दिनुभयो । अनुदान वितरणका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा लक्षित कार्यक्रमका लागी २ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।

अनुदानका लागि किसानले कुनै पनि सरकारी कार्यालयबाट हाते ट्याक्टर नलिएको स्वघोषणा गर्नुपर्ने नगरपालिकाले जनाएको छ । इच्छुक स्थानीय किसानले हलगोरु सहितको लाभग्राहीको फोटो र वडा कार्यालयको सिफारिस समेत आवेदनका साथ पेश गर्नुपर्ने जारी सूचनामा भनिएको छ ।