स्वर्गद्वारीमा अटो दुर्घटना ः तिन जना घाईते - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारीमा अटो दुर्घटना ः तिन जना घाईते

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १२ गते २०८१

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ४ कोलबाङमा अटो दुर्घटना हुदा तिन जना घाईते भएका छन ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किने क्रममा लु ०२–००१ ह ०६८१ नम्बरको अटो कोलबाङमा अयन्त्रित भई पल्टिदा अटोमा रहेका तिन जनामध्ये एक मध्यम र दुईजना सामान्य घाईते भएको इलका प्रहरी कार्यालय भिगृका प्रहरी साहयक निरिक्षक बलमान राना क्षेत्रीले जानकारी दिए ।

घाईते हुनेमा रोल्पाको सुनिल स्मृति गाउपालिका ४ छिर्नेका अन्दाजी वर्ष २६ कि निशा बुढा मगर , वर्ष १९ कि नम्रता रोकाय र वर्ष २१ कि बसु विष्ट रहेको प्रहरी सहायक निरिक्षक राना क्षेत्रिले बताए ।

निशा बुढा मगरको टाउकोमा र पेटमा चोट लाग्दा मध्यम अवस्था भएकाले बुटवल रिफर गरिएको छ भने बाकी दुईजना सामान्य रहेको हुदा भिगृ प्रथामिक स्वास्थ्य चौकीबाट उपचार पश्चात डिस्चार्ज भएको ईलका प्रहरी कार्यालय भिगृले जनाएको छ ।

अटो र रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ का चालक भक्त बहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटना दिउसोँ ४ः३० बजे घटेको हो ।

सम्वन्धित समाचारहरु