स्वर्गद्वारीले मापदण्ड भन्दा विपरित भित्रिएका मिनी टिलर वितरण गरेन - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारीले मापदण्ड भन्दा विपरित भित्रिएका मिनी टिलर वितरण गरेन

सन्तोष सुनार
सन्तोष सुनार
असार १३ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका भित्र बसोबास गर्ने कृषकलाई आधुनिक कृषि पद्धतिको लागी नगरपालिकाले वितरण गर्न लागेका मिनी टिलर ( च्याम्पा ) सम्झौता भएको मापदण्ड भन्दा विपरित हुदा वितरण नगरेको नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो । कृषकलाई खनजोत गर्नका लागी नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा वितरण गर्नका लागी शुक्रबार वडा नम्बर ३ जलुकेमा वितरण गर्दा मापदण्ड अननुसार नहुदा वितरण नगरिएको नगरप्रमुख भण्डारीले बताउनुभयो । जनतालाई मारमा राखेर तथा पारेर कुनै काम नगर्ने लक्ष्य रहेको नगरप्रमुख भण्डारीको भनाई रहेको छ ।

त्यस्तै नगर उपप्रमुख मिनराज रानाले अन्यापुर्ण हुने काम नगर्ने र विकासमुखी र जनताको हित हुने कार्य गरिरहेको र गर्ने बताउनुभयो । देशको मुख्य पेशा कृषि भएको हुदा उत्पादनमा किसानलाई सहजता दिलाउनका लागी वितरण गर्ने कृषिका सामाग्री तथा औजारहरु दिगो र फलदाही होस भनी वितरण गर्ने भएकाले किसानलाई भ्रममा पारी वितरण गर्दा गैर कानुनी काम भएकाले वितरण नगरेको प्रमुख प्रशासकिय अधिकृत केशव राज भट्टराईले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत भट्टराईले भन्नुभयो “ हामीले सेवाग्राहीलाई पारदर्शी तथा प्रभावकारी सेवा दिन्छौ ।”

९४ मिली टिलरको लागी नगरपालिकाले विजुवारमा रहेको राप्ति मेसिनरी उद्योगसँग सम्झौता भएको थियो । उक्त उद्योगले विहिवार आई चेकजाँच गर्दा सहि भएको जाँच निकाले पनि आज वितरण गर्दा मापदण्ड अनुसार नहुदा कृषकहरु रित्तो हात घर फर्केका छन । स्वर्गद्वारी नगरपालिकाको अनुसार उद्योगले मापदण्ड अनुसार उपलब्ध गराएर माग अनुसारको संख्यामा नौ वटै वडा कार्यालयमा उपलब्ध गराउने बताएको छ ।

सम्वन्धित समाचारहरु