ऐरावतीको एक विद्यालयले बनायो पञ्चवर्षीय मार्गचित्र - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

ऐरावतीको एक विद्यालयले बनायो पञ्चवर्षीय मार्गचित्र

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १४ गते २०८१

प्यूठान । ऎरावती गाउँपालिका-४ स्थित पद्मोदय माध्यमिक बिद्यालय धुबाङ्ले पञ्चवर्षीय मार्गचित्र(रोडम्याप) तयार पारेको छ। सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार सँगसँगै बिद्यालयको चौतर्फी बिकासमा सहयोग होस भन्ने उदेश्यले पद्मोदय माध्यमिक बिद्यालयले पञ्चवर्षीय मार्गचित्र निर्माण गरिएको हो ।

कालिका बिकास केन्द नेपालको आयोजना तथा ऐराबती गाउँपालिका बरौला प्युठानको समन्वयमा, जनप्रतिनिधि, बिद्यालय ब्यबस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक तथा सरोकारवाला लागायतको सहभागीतामा बिद्यालयको मार्गचित्र तयार परिएको जनाएको छ ।

बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालयको चौतर्फी बिकासका योजनालाई समाबेश गरि मार्गचित्र निर्माण गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अर्जुन सापकोटाले जानकारी दिनुभयो। उहाँले मार्गचित्रले बिद्यालय बिकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

बाल बालिकाको सहभागीता तथा पहुच, बिद्यालय सुशासन प्रबर्द्धन, सुरक्षित तथा बाताबरण मैत्री बिद्यालय, गुणस्तरीय शिक्षा प्रबर्द्धन, सरोकारवालाहरुको सहकार्य तथा साझेदारी लगायतका  विषयमा रहेर मार्गचित्र निर्माण गरिएको पद्मोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक कुल बहादुर रोकाले बताउनुभयो ।

सम्वन्धित समाचारहरु